दार्चुलाको काङग्रेस सभापतिमा बोहरा र सचिवमा कार्की विजयी

दार्चुलाको काङग्रेस सभापतिमा बोहरा र सचिवमा कार्की विजयी

नेपाली काँग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेशनबाट सभापतिमा ललितसिह बोहरा विजयी भएका छन्। खसेको कुल ९५६ मतमध्ये ६२० मत प्राप्त गर्दै सभापतिका उम्मेदवार ललित सिंह बोहरा विजयी भएका हुन्।

सभापतिका अर्का उम्मेदवार अमरसिह धामीले ३०९ मत मै सिमि भए। बोहरा दोब्बर बढी मतान्तर तथा ३११ मतान्तरले विजयी हुन्। उपसभापतिमा ललितिसिह ठगुन्ना ५४० र महादेब बडू कश्यप ४८२ मत प्राप्त गर्दै विजयी भएका छन्।

उपसभापतिका उम्मेदवार उमेशसिंह खत्री ३३१, सन्तोषकुमार सिह ऐतवाल १५८ र मानबहादुर बमको ८१ मत प्राप्त गरेर पराजित भए। सचिवमा पुलेन्द्रबहादुर कार्कीले सबैभन्दा बढी ६६५ मत र माधवराज भट्ट ४०५ मत प्राप्त गर्दै विजयी भए। महेन्द्रप्रसाद बडूको २२४, बिरसिह डडाल ८४, महेशसिंह धामी १३६ र देबसिह धामीको १२२ मतमै सिमित भए।

सहसचिवमा राजु अवस्थी ५६९ राजेन्द्रप्रसाद जोशी ४२८ मत ल्गाउँदै विजी भएका छन्। सन्तोष दयाली २७४ र जयानन्द जोशीको २२५ मत प्राप्त भएपनि पराजित भए।

जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर १२५ नेताहरू चुनावी प्रतिस्पर्धामा थिए। पदाधिकारीसहित ४२ सदस्यीय जिल्ला कार्यसमिति र २५ जना महाधिवेसन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका ९५६ जनाले मतदान गरेका हुन्।