शहीद स्मारक ए डिभिजन लिगको आजको दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा क्लब

शहीद स्मारक ए डिभिजन लिगको आजको दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा क्लब

शहीद स्मारक ए डिभिजन लिगको आजको दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्दैछन्। पहिलो चरणको खेलमा मनाङले जावलाखेल युथ क्लबमाथि १-० को संघर्षपूर्ण जित निकालेको थियो भने हिमालयन शेर्पा क्लबले संकटा क्लबसँग १-१ को बराबरी खेलेको थियो।

जावलाखेलसँग जित निकालेपछि मनाङका प्रशिक्षक राजेन्द्र तामाङले अनुभवी खेलाडीहरु भएपछि खासै रणनीति नचाइने अभिब्यक्ति दिएका थिए।

ठूलो क्लब हो। खासै केही प्लानिङ थिएन। जावलाखेल पनि नराम्रो थिएन। राम्रै खेल्यो। अट्याकिङ थर्डमा प्रेसर राख्न सकेनौ। दोस्रो हाफमा काउन्टर अट्याकमा गइरहेको थियो। त्यहाँ धेरै मौका लिन सकिएन, उनले भनेका थिए, अनुभवी खेलाडी छन्, जित्छौं भनेरै आएका हौं। स्टार प्लेयर भएपछि योजना खासै चाहिँदैन पनि।

तर दोस्रो चरणका खेल सुरु हुनु अघिको पत्रकारसम्मेलनमा भने उनी नरम सुनिए। उनले जाउलाखेलसँगको खेल दोहोर्‍याएर हेरेको भन्दै खेलाडीको स्तर अनुसार सन्तुष्ट नभएको प्रतिकृया दिए।

जावलाखेलले टिम ब्यालेन्समा खे्लछ। हिमालयन शेर्पामा चाहीँ योङ खेलाडी छ। अनुभवी पनि छ। अस्तिको भन्दा फरक तरिकाले खेल्नु पर्छ, उनले भने, अस्ति हतारमा खेल्यौं। उसको खेल्ने शैली फरक छ। उनीहरु एग्रेसन हुँदैन। ब्यालेन्स छन्। त्यही भएर गोल गर्ने छ। कसरी बिट गर्ने रणनीति बनाएका छौं।

नेपाली लिगमा मनाङ सर्वाधिक सफल टीमको रुपमा रहेको छ। र, लिगमा मनाङको लक्ष्य च्याम्पियन बन्ने नै हुन्छ। यसले प्रशिक्षकलाई दवाब बढाउँछ नै।

ुच्याम्पियन कसरी बन्ने भन्ने चिन्ता छ। टिम अनुसारको फर्मेसन बनाउनु पर्छ। मेरो फिलोसपीमा तुरुन्तै एडजस्ट हुन सक्दैन। बिस्तारै ट्राइ गर्दैछु। केटाहरुलाई भन्दैछु। उनले भने।

उता हिमालयन शेर्पाका प्रशिक्षक युगल किशोर राईले छोटो प्रतिकृया दिँदै भनेस् हामी सिस्टमलाई फलो गर्छौं।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली एपीएफ भिड्ने छन्। दुबै टोली लिगमा पहिलो जितको खोजीमा हुनेछन्। च्यासल आफ्नो पहिलो खेलमा थ्री स्टार क्लबसँग ३-० गोलअन्तरले पराजित भएको थियो भने एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३-२ ले पराजित भएको थियो।

खेल दिउँसो १ बजे सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन्। हिमालयन शेर्पा क्लबले यसअघि संकटा क्लबसँग १(१ गोलको बराबरी खेलेको थियो भने मनाङले जावलाखेल युथ क्लबसँग १-० को संघर्षपूर्ण जित निकालेको थियो।

मनाङ र शेर्पाबीचको खेल आज साँझ पौने ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ।