विश्वकप छनोटको प्लेअफमा इटाली र पोर्चुगल एकै समूहमा, कुन टिम जाला त विश्वकपमा ?

विश्वकप छनोटको प्लेअफमा इटाली र पोर्चुगल एकै समूहमा, कुन टिम जाला त विश्वकपमा ?

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि युरोपियन छनोटको प्लेअफको समूह विभाजन भएको छ। शुक्रबार भएको समूह विभाजनमा इटाली र पोर्चुगल एकै समूहमा परेका छन्।

प्लेअफको समूह विभाजन अनुसार इटाली र पोर्चुगल समूह सी रहेका छन्। यससँगै अब इटाली र पोर्चुगलमध्ये एक देशले मात्र कतार विश्वकप खेल्ने छ।

प्लेअफको समूह सीमा इटालीले पहिलो खेल नर्थ म्यासेडोनियाविरुद्ध खेल्नेछ। यस्तै पोर्चुगलले टर्कीसँग खेल्नेछ। दुई खेलको विजेता टिमले समूहको फाइनलमा खेल्नेछन्। विजेताले विश्वकपका लागि कतारको टिकट काट्ने छ। 

प्लेअफको समूह ए मा वेल्स, स्कटल्याण्ड, युक्रेन र अष्ट्रिया रहेको छ भने समूह बी मा रुस, पोल्यान्ड, स्विडेन र चेक गणतन्त्र रहेको छ। विश्वकपका लागि युरोपबाट १० टिम छनोट भइसकेका छन्।