जयपृथ्बी नगरपालीकाका ६ वडामा नेकपा माओवादी केन्द्रकोे वडा सम्मेलन सम्पनन

जयपृथ्बी नगरपालीकाका ६ वडामा नेकपा माओवादी केन्द्रकोे वडा सम्मेलन सम्पनन

जयपृथ्बी नगरपालिकाका ६ वडामा नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न  भएको छ । जयपृथ्बी नगरपालिकाका २, ३ ,५ ,६, ७ र ८ वडामा वडा सम्मेलन सम्पन्न भएको हो ।  वडा नम्बर २ मा अध्यक्ष शेर बहादुर खड्काको अध्यक्षतामा २९ सदस्य वडा कमिटी गठन गरिएको छ । जसमा उपाध्यक्ष जमनी देवी खड्का ,कोषाध्यक्ष ललिता देवी ओली मतारा , सचिव किशोर जोशी , सहसचिव निरा देवी खड्का रहेका छन् । 

यस्तै वडा नम्बर ३ मा अध्यक्ष शँकरानन्द पाण्डेको अध्यक्षतामा २९ सदस्य वडा कमिटी गठन गरिएको छ । जसमा उपाध्यक्ष बम्म बहादुर ओली ,जुना देवी वड , कोषाध्यक्षमा गुनमती देवी खड्का ,सचिव गोपाल वड , सह सचिव यशोदा खड्का विष्ट रहेका छन् । 

वडा नम्बर ५ मा भएको सम्मेलनबाट अध्यक्ष अफी सार्की , उपाध्यक्ष धन बहादुर दहनी , कोषाध्यक्ष राधिका देवी उपाध्याय , सचिव डम्मर बहादुर सीह , सहसचिव नन्दा कुमारी मल्ल सीह सहित २९ सदस्य वडा कमिटी गठन गरिएको छ । जनक गिरिको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा अनेरास्बियु क्रान्तिकारी पूर्व केन्द्रीय सदस्य रामचन्द्र रोकाया प्रमुख अतिथि रहनुभएको थियो भने  अतिथि अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष देबीजँग बहादुर सीह रहनुभएको थियो । 

भने वडा नम्बर ६ मा राम चन्द्र सीहको अध्यक्षतामा २९ सदस्य वडा कमिटी गठन गरिएको छ । जसमा उपाध्यक्ष प्रकाश बहादुर सीह , सचिव दीपेन्द्र बहादुर सीह , सह सचिव  मनोज बहादुर सीह , कोषाध्यक्षमा विनीता देवी सीह रहेका छन् । यस्तै नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन समेत गठन गरिएको छ ।  जसमा अध्यक्ष दीपेन्द्र बहादुर सीह र सचिव ईश्वर बहादुर सीह रहेका छन् ।

वडा नम्बर ७ मा समेत  नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको छ । जसमा अध्यक्ष ओमसँग बम , उपाध्यक्षमा हर्क बिक , सचिव दिर्घराज जोशी , कोषाध्यक्ष डम्मता देवी जोशी , सहसचिव प्रेम चनारा रहेका छन् । 
यस्तै वडा नम्बर ८ मा शिव प्रसाद जोशी अध्यक्ष ,उपाध्यक्ष  प्रेम कोइराला , सचिव देवेन्द्र प्रसाद कोइराला , कोषाध्यक्ष कमला देवी कामी , सहसचिव मदन राज कोइराला रहेको नगर कमिटी अध्यक्ष कवि बहादुर विष्टले बताउनुभयो ।