बस दुर्घटना : पाँच जनाको मृत्यु, २७ जना घाइते

बस दुर्घटना : पाँच जनाको मृत्यु, २७ जना घाइते

जाजरकोटमा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए। 

उनका अनुसार  दुर्घटनामा थप २७ जना घाइते भएका छन्। घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

नेपालगन्जदेखि जाजरकोटको राडिबजार जाँदै गरेको ना६ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराहचोक नजिक दुर्घटना भएको हो। घटनाको थप विवरण आउन बाँकी छ।