एमाले महाधिवेशन : ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको सूची तयार पारे

आज बिहान १० बजे बन्द सत्रमा सूची सार्वजनिक गर्ने

धनगढी खबर    

एमाले महाधिवेशन : ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको सूची तयार पारे
फाईल तस्विर

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा आज पदाधिकारी र केन्द्रीय सदस्यको सूची सार्वजनिक गर्ने भएका छन् । 

शनिबार पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा पाएका ओलीले आज बिहान १० बजे बन्द सत्रमा सूची सार्वजनिक गर्ने भएका हुन् । 

पदाधिकारी र केन्द्रीय सदस्य थप्ने जिम्मा अध्यक्ष ओलीलाई दिने प्रस्ताव महाधिवेशनको दोस्रो बन्द सत्रले पारित गरेपछि पार्टी उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले भने असन्तुष्टि जनाएका थिए । १९ पदाधिकारी थपिएसँगै अब एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनेको छ । 

स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बन्ने सम्भावना छ । ओलीले वरिष्ठ उपाध्यक्षमा आफूनिकट पोखरेललाई पहिलो रोजाइमा राखेका छन् । त्यस्तै, ओलीले उपाध्यक्षको सूचीमा विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा बादल, लालबाबु पण्डित, रघुवीर महासेठ, घनश्याम भुसालको नाम राखेका छन् ।  

महासचिवमा शंकर पोखरेलको चर्चा छ । उनलाई महासचिव बनाउनुपर्ने प्रस्ताव आएपछि विष्णु पौडेलले भने असन्तुष्टि जनाएका छन् । 

उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र योगेश भट्टराईको चर्चा रहेको छ । पार्टी विभाजन हुँदा एमालेमै रहेकाले ओलीले भट्टराईको नाम महासचिवमा राखेका हुन् । 

एमालेमै रहेपछि ओलीले भट्टराईलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी पनि दिएका थिए । 



आइतबार १२, मङि्सर २०७८ ०८:३० मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस