ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका वडा नम्बर ५ डोकेबजारमा पश्चिमबाट पुर्व तर्फ गइरहेको सु प प्र ०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुरको बेलौरीका ५० वर्षीय बसन्तराज शर्मा रहेको छन्। उनी ट्रकको ठक्कर पछि घाइते भएको र उनको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्रक चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।