लिभरपुलको सानदार जित, लिभरपुल १३ खेलबाट २८ अंक जोड्दै दोस्रो स्थानमा

लिभरपुलको सानदार जित, लिभरपुल १३ खेलबाट २८ अंक जोड्दै दोस्रो स्थानमा

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सानदार जित हात पारेको छ। शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्टनलाई ४-० गोलले पराजित गर्‍यो।

लिभरपुलका लागि जोटाले दोस्रो र ३२ मिनेटमा गरी दुई गोल गरे। थियागोले ३७ मिनेट र भान डाइकले ५२ मिनेटमा एक एक थपेका थिए।

त्यसअघि आर्सनलले न्युकासललाई २-० गोलले हरायो। आर्सनलका लागि साका र मारटिनेलिलीले एक एक गोल गरे।लिगमा लिभरपुल १३ खेलबाट २८ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको चेल्सीको १२ खेलबाट २९ अंक छ।

तेस्रो स्थानको म्यानचेस्टर सिटीको १२ खेलबा६ २६ र चौथो स्थानको वेस्ट हामको २३ अंक छ। पाँचौ स्थानको आर्सनलको १३ खेलबाट २३ अंक नै छ।