यूएईविरुद्ध नेपाली महिला टोलीले पहिला बलिङ गर्ने

यूएईविरुद्ध नेपाली महिला टोलीले पहिला बलिङ गर्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज आईसीसी ट्वान्टी–२० विश्वकप एसियाली छनोटको जित्नैपर्ने खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो । पहिलोपटक ग्लोबल क्वालिफायरमा स्थान बनाउन आज नेपाललाई जित्नैपर्नेछ, त्यो पनि राम्रो रनरेटमा ।

आजै हङकङले पनि तुलनात्मक रूपमा कमजोर कुवेतविरुद्ध खेल्दै छ । हङकङले कुवेतलाई फराकिलो अन्तरमा पराजित गरे नेपालले यूएईलाई हराए पनि अगाडिको यात्रा कठिन हुनसक्छ । त्यसैले आज नेपाल जितसँगै राम्रो रनरेटसहित जित्ने लक्ष्यमा छ ।