बन्दसत्र दुई घण्टा सरेपछि देउडा खेल खेल्दै प्रतिनिधि

बन्दसत्र दुई घण्टा सरेपछि देउडा खेल खेल्दै प्रतिनिधि

नेकपा (एमाले)को दशौं महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र हुँदैछ। सर्वसम्मतिबाट नेतृत्व छनोट गर्ने भनिए पनि केही नेताले उम्मेदवारी दिने भएपछि बन्द सत्र केही समय पछाडि सारिएको छ।

आइतबार बिहान १० बजे हुने भनिएको बन्द सत्र दुई घण्टा पछि सारिएपछि प्रतिनिधिहरूले सर्वसम्मतबाट छनोट गर्न दबाब दिँदै आएका छन्।

कर्णाली प्रदेशका प्रतिनिधिहरुले देउडा नाचेर रमाइलो गरिरहेका छन्। उनीहरुले देउडा गीतबाट अध्यक्ष केपी शर्मा ओलीको समर्थन गरेका छन्।