भीम रावलको पर्चा बाँड्ने कार्यकर्तालाई एमाले स्वयंसेवकले बाहिर पठाए

भीम रावलको पर्चा बाँड्ने कार्यकर्तालाई एमाले स्वयंसेवकले बाहिर पठाए

नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा एमाले स्वयंसेवकहरुले भीम रावल पक्षका कार्यकर्तालाई रावलको पर्चा वितरण गरेको भन्दै बन्दसत्रको मुख्यद्वारबाट बाहिर निकालिएको छ ।

भीम रावलको पर्चा वितरण गर्दै बन्दसत्रको मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले झन्डै एक सय मिटर बाहिर पठाइदिएका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले ३२ पेजको मिनी बुकु निलाकेर शनिबार अध्यक्षको लागी मत मागेका थिए। महाधिवेशनको बन्दसत्र हलमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहँदा उनी बाहिर भोट मागिरहेका थिए।

आजपनि बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएका प्रतिनिधिहरुलाई रावलका कार्यकर्ताहरुले ‘मेरो उम्मेदवारी किन’ लेखिएको पर्चा वितरण गरेका थिए ।