छलफलमा अध्यक्ष ओली र नेता रावल

छलफलमा अध्यक्ष ओली र नेता रावल

नेकपा एमालेको जारी १० औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षीहरुको डेलिगेसन सकिएसँगै अध्यक्ष केपी शर्मा ओली नेता भीम रावल छलफल गर्दै छन् ।

नेकपा एमालेको जारी १०औं महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास गरिरहँदा नेता भीम रावलले एक्लै भएपनि अध्यक्षको उम्मेदवारी दिने अडान राख्दै आएका छन् ।

आइतबार बन्दसत्र सुरु हुनुअघि नै उनका समर्थक प्रतिनिधिहरूले भीम रावलको पक्षमा भोट अपिल गर्दै पर्चासमेत बाँडिसकेका छन् । ओली समूहभित्र शीर्ष नेताहरूबीच वरिष्ठ उपाध्यक्ष, महासचिव लगायत पदमा आकांक्षा धेरै हुँदा कुरा नमिलेपछि बन्दसत्र सुरु हुन सकेको छैन ।

आइतबार मध्याह्न १२ बजेतिर नेता लेखराज भट्टसहित पूर्वमाओवादीको टोली अध्यक्ष ओलीसँग छलफल गरेर बाहिरिएको छ । बन्दसत्र सुरु हुनुअघि नै उनीहरूले आफ्नो पक्षका माग लिएर छलफलका लागि गएका हुन् ।

अध्यक्ष ओली र प्रदेशहरुका नेताबीचको छलफल सकिएको छ । केहीबेर अघि मात्रै सुदूरपश्चिम र प्रदेश २ का नेताहरु छलफलबाट बाहिरिएका छन् ।