सुदूरपश्चिम प्रदेश १० विकेटले विजयी

धनगढी खबर    

सुदूरपश्चिम  प्रदेश १० विकेटले विजयी

सुदूरपश्चिम प्रदेशले काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णाली १६.५ ओभरमा ६६ रनमा अल आउट भएको थियो।

कर्णालीका प्रकाश जैशीले १७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १५ रन बनाए  रुपक ढकाल ११ र रमेश बुढा १२ रनमा आउट भए। कर्णालीका ४ खेलाडीले खातानै खोल्न सकेनन्। सुदूरपश्चिमका नारायण जोशीले ६ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए। आकाश चन्दले ६ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। शेर मल्लले ३.५ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए।

जवाफी ब्याटिङ थालेको सुदूरले १२.१ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो। सुदूरका कप्तान खडक बहादुर बोहरा ४२ बलमा ५ चौका र २ छक्कासहित ४१ रनमा अविजित रहे। नरेश भट्ट ३१ बलमा ३ चौकासहित १६ रनमा अविजित रहे। जारी प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो जित हो। सुदूरले अब मंगलबार टियुमा गण्डकीसँग खेल्नेछ। 



आइतबार १२, मङि्सर २०७८ ०१:४१ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस