कांग्रेस निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा

कांग्रेस निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा

पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरालगायत जिल्लामा अधिवेशनका क्रममा भएका विवादहरु समाधान गर्न सभापति देउवाले चासो नदिएपछि निर्वाचन समितिका केन्द्रीय संयोजक महादेव यादवले राजीनामा दिएका छन् ।

निर्वाचन समितिको कार्यालय रहेको पार्टी मुख्यालय सानेपा जान छाडेका यादवले दिएको राजीनामा स्वीकृतसमेत भइसकेको कांग्रेसले जनाएको छ । यादवले यसअघि पनि राजीनामा दिएका थिए । तर, सभापति देउवाले उनको राजीनामा स्वीकृत गरेका थिएनन् ।

सभापति देउवाले यादवको राजीनामा स्वीकृत गरेर गोपालकृष्ण घिमिरेलाई संयोजकमा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यबाहक मुख्यसचिब डा प्रदिप पराजुलीले जानकारी दिए ।