किनारामा पारेर गरेको निर्णय सर्वसम्मत हुँदैन : प्रकाश शाह

किनारामा पारेर गरेको निर्णय सर्वसम्मत हुँदैन : प्रकाश शाह

एमाले उपाध्यक्ष भीम रावल निटक नेता प्रकाश शाहले एक पक्षलाई किनारामा पारेर गरिएको निर्णयलाई सर्वसम्मत मान्न नसकिने बताएका छन्। उनले अध्यक्षका दुई आकांक्षीबीच छलफल हुनुपर्ने बताए।

'एक पक्षसँग छलफलै नगर्ने, अर्को पक्षले एकमना ढंगले घोषणा गरेर त्यसैलाई सहमति भनियो भने बहुमत पक्षले समर्थन गरे पनि आम रुपमा त्यो सहमति होइन। त्यसले परिणाम पनि दिन सक्दैन', उनले भने, 'टाढाटाढा बसेर सहमति हुन्छ र? संवादको लागि पहल गर्ने काम पार्टी अध्यक्षको हो।'

शाहले विचार र सिद्धान्तमा कुनै विवाद नभएको भन्दै पार्टी अध्यक्षका आकांक्षीहरु केपी शर्मा ओली र भीम रावलका बीचमा संवाद हुनुपर्ने बताए।