नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पदमा महेन्द्रनगर जेसिजका पुर्व अध्यक्ष ओझाको उम्मेदवारी

नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पदमा महेन्द्रनगर जेसिजका पुर्व अध्यक्ष ओझाको उम्मेदवारी

कंचनपुर ।महेन्द्रनगर जेसिजका पुर्व अध्यक्ष नरेश चन्द्र ओझाले नेपाल जेसिज २०२२ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सन् २००७ बाट जेसिजमा आवद्ध रहेका उनी सन् २०१६ मा महेन्द्रनगर जेसिजको अध्यक्ष भएका थिए ।जेसिजमाझ जुझारु र क्रियाशील  व्यक्तिको रुपमा परिचित उनि जेसिजकर्मीले  स्पष्ट वक्ताका रुपमा समेत चिन्ने गरेका छ्न ।पुर्व मेची देखि पश्चिम महाकाली सम्मका युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि काम गर्ने संगै जेसिज अभियानलाई पुर्ण रुपमा प्रविधिमैत्री बनाउने उनको योजना रहेको छ । क्षमता भएर पनि भौतारीएका युवा वर्ग हरुलाई संगठित गरि जेसिजको मुल मर्म र सिद्धान्तलाई आत्मसात गरि उनिहरुको क्षमता अभिवृद्धि गर्ने र उनिहरुलाई स्वाबलम्बी बन्न उत्प्रेरित गर्ने समेत बताए।
यसै गरि नेपाल जेसिजका विभिन्न शाखाहरु आर्थिक रुपमा कमजोर रहेका र तिनिहरुको आर्थिक अवस्थालाई  ध्यानमा राखी विभिन्न किसिमका प्याकेजहरु ल्याउन समेत उनी प्रतिबद्ध रहेको बताए ।
 देशभर अभियान चलाएर युवाहरुलाई जेसिजमा आवद्ध  गराएर युवाहरूलाई उधमशिलतासंग जोडि  नेतृत्व  बिकास, क्षमता विकास  र आयआर्जनतर्फ आकार्षित गराउने खालका योजनाहरु रहेको बताए । जेसिजमा रहेका १८ देखि ४० बर्षसम्मका युवाको हितमा आफुले कार्यक्रम ल्याउने उनको भनाई रहेको छ।

सन् २०१६ मा महेन्द्रनगर जेसिजको अध्यक्ष रहेका उनले नेपाल जेसिजको वर्ष २०२२ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरि नेपाल भरीका जेसिज मनहरुलाई आफुलाई जिताउन अनुरोध समेत गरेका छ्न । उनले भने; "म महेन्द्रनगर जेसिजको अध्यक्ष हुदा थुप्रै युवाहरुको व्यक्तित्व विकासका लागि विभिन्न तालिम हरुको दिएको थिए। अझै पनि आगामी दिनहरुमा   जेसिज भित्रै रहेर  युवहरुका लागि यस्तै यस्तै कार्यक्रम हरु ल्याउने कुरामा म प्रतिबद्ध छु जसका लागि मैले राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।"

जेसि नरेश चन्द्र ओझा 
लाई जिताएर सहयोग गर्न महेन्द्रनगर  जेसिज परिवारले  समेत सबै जेसिजकर्मीलाई साथ र सहयोगको लागि  हार्दिक अपिल गरेको छ। उनले १५ वर्ष लामो समय  देखि जेसिजमा आवद्ध रहेर विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएका छ्न। १५ वर्षको लामो जेसिज अनुभव बटुलेका उनि एक सफल व्यवसायी पनि हुन। उनले आफ्नो व्यवसाय सफलता पुर्वक चलाउदै आएको र व्यवसायिक रुपमा सफल र सक्षम भईसकेपछी मात्रै राजनितीमा आउनुपर्ने मान्यता रहेको  बताए । उनले आफु जेसिज बाटै अभिप्रेरित भई आज एक सफक व्यवसायी बन्न पुगेको र आफू सफल भईसके पछि अबको समय जेसिजलाई दिनुपर्छ भन्ने मान्यताका साथ आगामी दिनहरुमा जेसिजका लागि थप योगदान दिने उदेश्यले राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएको उनको भनाई रहेको छ।