८० अङ्कले घटेको शेयर बजार राताम्मे, पाँच अर्ब ८३ करोड रुपैयाँको कारोबार

८० अङ्कले घटेको शेयर बजार राताम्मे, पाँच अर्ब ८३ करोड रुपैयाँको कारोबार

हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८० दशमलव २९ अङ्कले घटेर दुई हजार ६ सय ५१ दशमलव ४९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेकोमा व्यापार, होटल, विकास बैंक, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय ३४ कम्पनीका एक करोड १९ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको २९ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज हिमालयन पावर पार्टनर र मानुषी लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि आईसीएफसी फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।