कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

धनगढी खबर    

कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो
साँकेतिक तस्विर

नेपाली कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा सर्लाहीमा गोली चलेको छ । प्रहरी स्रोतका अनुसार प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) ले गोली चलाएका हुन्।

बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशन चलिरहेको थियो। सो क्रममा विवाद हुँदा मन्त्री समेतलाई धकेलाधकेल गरिएपछि पिएसओले गोली चलाएका बताइएको छ। उनले १ राउड हवाई फायर गरेका थिए। 

विवादका कारण ८ र ९ वडाको अधिवेश रोकिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईले स्थिती अहिले सामान्य रहेको जानकारी दिए ।



आइतबार १२, मङि्सर २०७८ ०६:१३ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस