नेपालमा १८५ जना कोरोना संक्रमित थपिए, २ को मृत्यु

धनगढी खबर    

नेपालमा १८५ जना कोरोना संक्रमित थपिए, २ को मृत्यु

आइतबार नेपालमा थप १५८ जना कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६०४ पीसीआर र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ८७८ जना पुगेको मन्त्रालयले जनाएको छ । कुल ३ सय ४२ जना संक्रमित निको हुँदा देशभर निको हुनेको संख्या ८ लाख २ हजार ३ सय ८९ पुगेको छ ।

संक्रमितमध्ये ६ हजार ९६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । कोरोनाकै कारण २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५सय २३ पुगेको छ । हाल ९८ जना क्वारेन्टिनमा छन् भने १७१ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।



आइतबार १२, मङि्सर २०७८ ०६:५३ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस