कांग्रेस महाधिवेशन : सुदूरपश्चिमबाट तीन जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

कांग्रेस महाधिवेशन : सुदूरपश्चिमबाट तीन जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

धनगढी । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट ३ जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

बझाङका विष्णु ऐडी, डोटीका हर्क देउवा र कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट भरत शाहीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

यस्तै सोही पत्रकार सम्मेलनमा कास्की जिल्लाबाट निर्वाचित गुरु बरालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।