एमालेको अध्यक्षमा ओलीले ४०० मत ल्याउँदा रावलको कति ?

एमालेको अध्यक्षमा ओलीले ४०० मत ल्याउँदा रावलको कति ?

एमालेको दशौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । अध्यक्षमा केपी शर्मा ओलीले ४०० मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी भीम रावलले ४२ मत पाएका छन् ।

विद्युतीय मेसिनबाट भएको चुनावको नतिजा केहीबेरमै सार्वजनिक हुने नेकपा एमालेको निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए ।

मतदानमा  २ हजार ९६ जनाले मत दिएका थिए । कुल २ हजार १५३ मतदाता रहेकोमा ५७ जनाले मत दिएनन् ।