एमाले अध्यक्षको परिणाम : केपी ओलीले १२०० मत ल्याउँदा रावलले कति ल्याए ?

एमाले अध्यक्षको परिणाम  : केपी ओलीले १२०० मत ल्याउँदा रावलले कति ल्याए ?

नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम आइरहेको छ। सुरुवाती नतिजामा अध्यक्षमा केपी शर्मा ओलीले प्रतिस्पर्धी भीम रावललाई फराकिलो अन्तरले पछि पारेका छन्।

ताजा परिणाम अनुसार ओलीले १२०० मत ल्याउँदा रावलको पक्षमा ८२ मत मात्रै झरेको छ।  निर्वाचन आयोगका अनुसार ओलीले रावललाई धेरै फराकिलो मतले पछि पारेका हुन्। 

अहिले सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फ्रेन्स हलमा मतगणना भइरहेको छ।