जेलमा आक्रमण हुँदा ११ जनाको मृत्यु, २५२ बन्दी फरार

जेलमा आक्रमण हुँदा ११ जनाको मृत्यु, २५२ बन्दी फरार

नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् ।

आक्रमणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ । अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए ।

उक्त हमलामा परेर यहाँका ११ जनाको ज्यान गएको र अरु २५२ जना भाग्न सफल भएको बताइएको छ । नाइजेरियाको कारागार अधिकारीहरुकाअनुसार सो हमला कसले गर्‍यो भन्ने बारेमा केही खुल्न सकेको छैन । कैदीलाई भगाउने उद्देश्यले सो हमला गरेको हुनसक्ने अनुमान गरिएको छ ।

कारागार सम्बन्धी निकायका अधिकारीहरुले आक्रमणकारीहरुको खोजी जारी रहेको बताएका छन् । उनीहरुले जेलबाट भागेकाहरुको पनि खोजी प्रहरीले सुरु गरेको बताएका छन् ।