एमालेको सचिवमा पनि ओलीले प्रस्ताव गरेका सबै विजयी, भीम आचार्य र टंक कार्की पराजित

एमालेको सचिवमा पनि ओलीले प्रस्ताव गरेका सबै विजयी, भीम आचार्य र टंक कार्की पराजित

नेकपा एमालेको सचिवमा पनि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै उम्मेदवार विजयी भएका छन् । ओलीको सूचीविरुद्ध उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित हुनुभएको छ । 

सचिवमा गोकर्ण विष्ट, रघुवीर महासेठ, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी हुनुभएको छ । 

माओवादीबाट प्रवेश गरेका नेताहरू रायमाझी र भट्ट विजयी हुँदा एमालेकै आचार्य र कार्की भने पराजित हुनुभएको हो ।