अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

अछाम । अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

अछाम सदरमुकाम मंगलसेनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

मृतकको पहिचान हुन सकेको छैन । बसमा कति जना सवार थिए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।  घटनाको थप विवरण आउन बाँकी छ ।