नेकपा एमालेको केन्द्रिय सचिबमा लेखराज भट्ट १७०४ मत ल्याएर निर्वाचित

नेकपा एमालेको केन्द्रिय सचिबमा लेखराज भट्ट १७०४ मत ल्याएर निर्वाचित

धनगढी । एमालेको चितवनमा जारी महाधिवेशनबाट सुदुरपश्चिमका लेखराज भट्ट केन्द्रिय सचिब मा निर्बाचित भएका छन् । पुर्ब माओवादी पृष्ठभुमि भएका नेता भट्ट १७०४  मत ल्याएर निर्बाचित भएका हुन् ।

एमाले र माओवादी मिलेर नेकपा हुँदा बनेको सरकार को बेला उनले प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए । त्यस यता पनि उनले निरन्तर ओलीलाई साथ दिंदै आएका थिए ।

अदालतले एमाले र माओवादी लाई अलग अलग पार्टी को मान्यता दिएपछि पनि उनले एमाले पार्टी नै रोजेका थिए । एमालेले उनलाई सुदुरपश्चिम को इन्चार्ज समेत बनाएको थियो ।