अछाम बस दुर्घटना : मृतकको पहिचान खुल्यो

अछाम बस दुर्घटना  : मृतकको पहिचान खुल्यो

धनगढी । अछाममा भएको बस दुर्घटनाका मृतकको पहिचान खुलेको छ । सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियाका इन्सपेक्टर राजेन्द्रबहादुर सिंहका अनुसार जिल्लाको मंगलसैन नगरपालिका–१४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र मंगलसैन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थापाको दुर्घटनामा मृत्यु भएको हो ।

मंगलबार दिउँसो धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस मंगलसैनकै डाँडाबाघ भन्ने ठाउँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । बस सडकभन्दा १० मिटर तले खसेको थियो ।

बसमा ३८ जना सवार रहेको प्रहरीले जनाएको छ । अन्य ३६ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतलामा उपचार भइरहेको प्रहरीको भनाइ छ ।