विश्व एड्स दिवस -सुदूरपश्चिम प्रदेशमा एच.आई.भी. संक्रमीत कति ?

विश्व एड्स दिवस -सुदूरपश्चिम प्रदेशमा एच.आई.भी. संक्रमीत कति ?

नेपालमा एचआईभी को प्रथम संक्रमण सन् १९८८ मा देखिएको हो । यौनजन्य क्रियाकलापकालागि  संकुचितत समाज र असुरक्षीत यौनजन्य क्रियाललापहरुका कारणले संक्रमण हुने  भएकाले नेपालमा एचआईभी संक्रमितहरु  लुकेर बस्ने तर उपचार र परामर्शा सुबिधातर्फ जाने गर्दैनथे ।

समाजमा थाहा भएपछि धेरै जना एचआईभी संक्रमितहरुले अपहेलित र दुखको सामना गरेका कैयन उदाहरणहरु समाजमा सुन्न सकिन्छ । नेपालमा एकदशक अगाडी सम्म एचआईभी एउटा महामारीका रुपमा थियो, महामारी अर्थात एपिडेमिक भनेको यस्तो संक्रमण जो कोहीलाई पनि हुन सक्दछ । विस्तारै सरकारी अनि गैरसरकारी संस्थाहरुको सहयोग अनि लगानीका कारणले नेपालीहरुमा एचआईभीको ज्ञान र जनचेतनामा अभिवृद्धी हुँदै गएर आजका  एचआईभी एउटा केन्द्रित महामारी भएको छ । अर्थात केही निश्चित समूहमा मात्र यो संक्रमणको सम्भावना रहने र कूल जनसंख्याको १ प्रतिशतभन्दा कमलाई मात्र महामारी भएको भन्ने बुझिन्छ,।

सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ४४ जना एच.आई.भी. संक्रमीत बिरामीहरु उपचाररथ अवस्थामा रहेका जनाईएको छ। विश्व एड्स दिवसको पूर्व सन्ध्यामा मंगलबार धनगढी स्थित जिल्ला स्वास्थ्य कार्यालय कैलालीमा पत्रकारहरु संगको अन्तरक्रियाका क्रममा सो बारे जानकारी गराईएको हो । सुदूरपश्चिम प्रदेश भर १७ वटा एआईटी साईटहरुबाट गत आर्थिक वर्षमा ३ हजार ४ सय ७३ जनाले उपचार गराईरहेका छन् । भने चालु आर्थिक बर्षको कार्तिक मसान्तसम्म ३ हजार ५ सय ४४ जना एचआइभी एड्स संक्रमित विरामीको नियमित उपचार भइरहेको स्वास्थ्य निर्देशनालयका एचआइभि एड्स फोकल पर्सन मनोज ओझाले जानकारी दिए। 

यस्तै कैलाली जिल्लामा १ हजार ५६० जना एचआइभी संक्रमित रहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले जानकारी दिनुभयो । उहाँले पछिल्लो बर्ष जिल्लामा तुलनात्मक रुपमा एचआइभी संक्रमित विरामीको संख्या घट्दो क्रममा रहेको बताउनुभयो ।