साजेनकुमार मल्लद्धारा बुवाको स्मृतिमा विद्यालयलाई ४ कोठे पक्की भवन हस्तान्तरण

साजेनकुमार मल्लद्धारा बुवाको स्मृतिमा विद्यालयलाई ४ कोठे पक्की भवन हस्तान्तरण

बझाङ । बुवाको स्मृतिमा बझाङका साजेनकुमार मल्लले विद्यालयको लागि भवन निर्माण गरि हस्तान्तरण गरेका छन् । भौतिक अवस्था कमजोर भएका कारण केदारस्युँ गाँउपालिकामा रहेको शिक्षोदय माविका प्रा.वि. तहका छात्र छात्राहरु खुल्ला चौरमा पढ्न बाध्य थिए ।

चर्को घाम र पानी तथा हावाहुरी लागेको समयमा पनि  २/३ कक्षामा अध्यनरत विद्यार्थीहरुलाई एउटै कक्षा कोठामा जम्मा गरेर पठन पाठन गर्नु पर्ने बाध्यता थियो । लामो समय सम्म विद्यालय भवनको माग गर्दै स्थानीय सरकार, प्रदेश सरकार देखि संघीय सरकार सम्म माग राखे पनि सुनुवाइ भएको थिएन ।

तर अहिले भवन बनेपछि विद्यार्थी, शिक्षक र अभिभावक सबै खुसी भएका छन् । साजेन कुमार मल्लले बुवा स्व।मोहनबहादुर मल्लको सम्झनामा २२ लाख ८५ हजार रुपैयाँको  व्यक्तिगत लगानीमा ४ कोठे पक्की पवन निर्माण गरी दिएपछि पठन पाठनमा सहजता आएको हो ।

मल्ल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुनुहुन्छ । शिक्षोदय माविका निमित्त प्रध्यानाध्यापक धुर्वबहादुर कुँवरले विद्यालयलाई नयाँ भवन उपलब्ध भएपछि प्राथमिक तहका छात्र छात्राहरुलाई अध्यापन गराउन निकै सहज हुने विश्वास व्यक्त गरे ।