इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ । गएराति भएको खेलमा वाट्फोर्डलाई २–१ ले हराउँदै चेल्सी शीर्ष स्थानमा कायम रहन सफल भएको हो ।
चेल्सीलाई जित दिलाउन मासन माउन्ट र हाकिम जिएचले एक–एक गोल गरे । वाट्फोर्डका इमानुएल बोनाभेन्तुरेले एक गोल फर्काए । वाट्फोर्डको मैदानमा भएको खेलमा माउन्टले २९ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
बोनाभेन्तुरेले ४३ औं मिनेटमा गोल गर्दै वाट्फोर्डलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ७२ औं मिनेटमा जिएचले गरेको गोल नै निर्णायक बन्यो ।
त्यस्तै, अर्को खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा कायम रहन सफल भएको छ । अन्य खेलमा तेस्रो स्थानको लिभरपुलले इभर्टनलाई ४–१ ले हराएको छ भने लिड् युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको छ ।
यसैगरी, साउथह्याम्पटन र लेस्टर सिटीलेले २–२ तथा न्युक्यासल युनाइटेड र नर्विच सिटीले १–१ को बराबरी खेलेका छन् ।
साथै, वेस्ट ह्याम र ब्राइटनले पनि १–१ तथा वुल्भ र बर्नलीले गोलरहित बराबरी खेलेका छन् ।