राजसमज चौधरीद्वारा थारु कोटाबाट प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा

धनगढी खबर    

राजसमज चौधरीद्वारा थारु कोटाबाट प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा

धनगढी । कैलाकीको कैलारी गाउँपालिका वार्ड न ४ का स्थानीय एवम् नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधि राजसमज चौधरीले थारु कोटाबाट प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार धनगढी स्थित सिताराम डेरीमा पत्रकार सम्मेलन गर्दै चौधरीले उम्मेदवारी घोषणा गरेका हुन् ।

कैलाली निर्वाचन क्षेत्र न ३ बाट महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतका साथ निर्वाचित भएका चौधरीले नेपाली काङ्ग्रेसको  लामो राजनीतिक इतिहासमा आफ्नो मात्र नभई सिङ्गो परिवारको महत्त्वपूर्ण योगदान रहेको स्मरण गर्दै आफूलाई जिताउन आग्रह गरेका छन् ।

नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहीबार धनगढी स्थित ओम प्यालेस मा प्रदेश अधिवेशन भइरहेको छ ।

उनी कैलाली बहुमुखी क्याम्पसका निर्वाचित पूर्व स्ववियु उप-सभापति हुन् । भने उनले कैलारी गाउँपालिकाको सभापतिमा हार बेहोरेका थिए ।



बिहिबार १६, मङि्सर २०७८ ०२:१३ मा प्रकाशित

#राजसमज चौधरी

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस