सुदूरपश्चिममा बिहीबार ८ जना कोरोना संक्रमित थपिए, ११ जना डिस्चार्ज

सुदूरपश्चिममा बिहीबार ८ जना कोरोना संक्रमित थपिए, ११ जना डिस्चार्ज

धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५४१ नमुना परिक्षण गर्दा थप ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार पिसिआर विधिबाट ४८ नमुना परिक्षण गर्दा ६ र ४९३ एन्टिजेन विधिबाट परिक्षण गर्दा दुई जनामा संक्रमण देखिएको हो । यस्तै २४ घण्टामा ११ जना प्रदेशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन ।

हालसम्म सुदूरपश्चिम प्रदेशमा ४८ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । भने ६०९ जना संक्रमित विरामीको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्कमा उल्लेख छ ।