जयपृथिवी नगरपालिका वडा नम्बर ३ मा नेकपा (एस) को वडा कमिटी गठन

जयपृथिवी नगरपालिका  वडा नम्बर ३ मा नेकपा (एस) को वडा कमिटी गठन

बझाङको जयपृथिवी नगरपालिका वडा नम्बर ३  मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको छ । बिहीबार जयपृथिवी नगरपालिका   वडा न ३   मा  राष्ट्रिय  प्रतिनिधि   परिषद्  सदस्य  कण बहादुर खड्काको प्रमुख आतिथ्यता मा  भएको कार्यक्रम मा युवा  नेता   पूर्ण खड्का  अध्यक्ष रहने गरी ५५ सदस्य  वडा कमिटी गठन गरिएको छ।  उपाध्यक्षमा रतन खड्का    लक्ष्मी  बि क , सचिव अनिल  खड्का   र सह सचिव मा राधिका जोशी , रबिन्द्र रोकाया , गेठे नेपाली  रहेका छन्  ।

त्यस्तै पवन खड्का अध्यक्ष   रहने गरी ३१ सदस्य  युवा  संघ  समेत  गठन गरिएको ।  उपाअध्यक्ष मौशमी खड्का  अमित ओड ,सचिव कलक खड्का उपसचिव  आशिष बिक , अनिल खड्का  र दुर्गा खड्का  रहेका छन्।


कार्यक्रम मा  पार्टी  नेता तथा कार्यकर्ता  हरू को बाक्लो  उपस्थित  रहेको थियो। त्यस्तै  जयपृथिवी नगरपालिका  को वडा न ७ मा पनि वडा कमिटी गठन गरिएको छ ।यस अघि केदारस्यु गाउँपालिका र बुङल नगरपालिका  का वडाहरू मा पनि नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको थियो । नेकपा (एस)ले बझाङ  जिल्ला मा पालिका तथा वडा स्तरमा अधिवेशन मार्फत कमिटी गठनलाई तीव्रता दिएको जिल्ला कमिटी सचिव लक्ष्मी राज  जोशी ले जानकारी दिनु भएको छ ।