वर्षा, हिमपात र चिसोबाट सतर्क रहनुस्

Dhangadhi Khabar    

वर्षा, हिमपात र चिसोबाट सतर्क रहनुस्

मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार बिहान ६ बजे आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श जारी गरेको हो। 

देशका विभिन्न स्थानमा वर्षा, हिमपात हुने सम्भावनाका साथै दिनप्रतिदिन चिसो बढ्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आम नागरिकलाई आग्रह गरेका छन्। 

सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना र  देशभर चिसो बढ्ने क्रममा समेत रहेकाले पर्वतारोहण, हवाई र यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ।



शुक्रबार १७, मङि्सर २०७८ ०७:४८ मा प्रकाशित

#मौसम

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस