८ सय बढी गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

८ सय बढी गोल गर्ने पहिलो खेलाडी  बने रोनाल्डो

रोनाल्डो अन्तर्राष्ट्रिय पुरुष फुटबलका उच्च गोलकर्ता हुन्। त्यस्तै च्याम्पियन्स लिग र रियल मड्रिडका पनि अल टाइम उच्च गोलकर्ता हुन्।

 क्रिस्टियानो रोनाल्डो शीर्षस्तरको खेलमा ८ सय बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन्। बिहीबार राति भएको खेलमा म्यान्चेस्टरका लागि २ गोल गर्दै ८ सय गोल कटाएका हुन्।

बिहीबार भएको प्रिमियर लिगमा रोनाल्डोले २ गोल गर्दै म्यान्चेस्टरलाई आर्सनलविरुद्ध ३–२ को जित दिलाएका छन्। योसँगै उनले १ हजार ९७ खेलबाट ८०१ गोल पु¥याएका छन्। उनले म्यान्चेस्टरका लागि १३०, स्पोर्टिङ लिस्बोनका लागि ५, रियल मड्रिडका लागि ४५० तथा युभेन्टसका लागि १०१ गोल गरेका छन्। त्यस्तै पोर्चुगलका लागि ११५ गोल गरेका छन्।