कक्षा १२ को नतिजा आज आउँदै

कक्षा १२ को नतिजा आज आउँदै


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार  आज प्रकाशित गर्ने भएको छ ।  नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै  बिहान ९ बजेपछि बोर्डको बैठक बोलाएको छ  ।


बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार नतिजा प्रकाशन गर्ने तयारी पूरा भएको  र बोर्डले निर्णय गरेपछि सार्वजनिक गरिने छ ।


विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी लिइएको परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए ।कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो ।