हामीले मिलाउन अझै बाँकी कुराहरू छन् ।
विचारको नाममा बोकिएका छुराहरू छन् ।
अस्ताएको ठान्नु भ्रम हो सुस्ताएको देखेर,
मलाई सम्झना छ चढ्नु पर्ने धुराहरू छन् ।
बेकारका जोस जाँगरका कुरा नगर्नु मसंग
तिमीभन्दा बलिया बा हरू ससुराहरू छन् ।
किन किन सिर्जना भावना निरीह देखिन्छौ
बाँधिएछ तिम्रा हातमा सायद चुराहरू छन्।
लीला अनौठो गरेछौ कृष्ण नियती लेख्यौ,
प्रतीक्षामा अझै कुरीरहेका मथुराहरू छन् ।