‘ओमिक्रोन’को खतरा ! के छ त सुदूरपश्चिम प्रदेशमा सतर्कता ?

‘ओमिक्रोन’को खतरा ! के छ त  सुदूरपश्चिम प्रदेशमा सतर्कता ?

दुई साताअघि दक्षिण अफ्रिकाबाट सरेको ओमिक्रोन भाइरस विश्वका २३ राष्ट्रमा फैलिसकेको छ । त्यसले नेपालमा पनि असर गर्नसक्ने आँंकलन गर्दै सरकारले सबैलाई सतर्क रहन आह्वान गरेको छ । भाइरस संक्रमण हुनसक्ने आशंका गर्दै सरकारले सबै सरकारी निकायका अधिकारीलाई अत्यावश्यक काममा बाहेक विदेश जान रोक लगाएको छ ।


 मन्त्रिपरिषद्को बैठकले आदेश जारी गर्दै दक्षिण अफ्रिकी मुलुकबाट नेपाल आएका पर्यटक र नेपाली नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइन बस्न निर्देशन गरेको छ।


नेपालमा सरुवा रोगको संक्रमणको कुरा चल्नासाथ छिमेकी भारत सिमानाको को कुरा आउछ । भारतमा कुनै संक्रमणले प्रवेश पाउनासाथ नेपालीले विशेष सतर्क हुनैपर्ने हुन्छ । सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

भारतमा ओमिक्रोनको संक्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताउनुभयो । 
ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा कोरोना परीक्षण गर्ने र नाकामै खोप लगाउने व्यवस्था गरिएको छ । 
नया भेरियन्टले कस्तो रूप लिन्छ त्यहीअनुसार थप तयारी गरिने बताउँदै डा. अवस्थीले सरकारका तर्फबाट खोप आपूर्तिमा कमी नभएकाले सबैलाई पूर्ण खोप लगाउनसमेत आग्रह गर्नुभयो ।


यस्तै, सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका मुख्य नाका गड्डाचौकी, त्रिनगर, झुलाघाट, पुलघाट लगायत नाकामा उच्च सतर्कता अपनाइएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाईएको छ । गड्डाचौकी र त्रिनगर नाकाबाट आवागमन बढी हुने गरेकोले नेपाल प्रबेस गर्नेहरुलाई खोप लगाउने, कोरोना परिक्षण गर्ने र खोप लगाएको नलगाईएको बारे कडाईका सथा जानकारी लिइरहेको सामाजिक विकास मन्त्री  लाल बहादुर खड्काले बताउनु भयो ।