कैलालीको गेटामा गाडीले कुल्चिदा एकजनाको मृत्यु, मृतकको सनाखत हुन सकेन

कैलालीको गेटामा गाडीले कुल्चिदा एकजनाको मृत्यु, मृतकको सनाखत हुन सकेन

कैलालीको धनगढी–अत्तरीया सडक खण्डको मनहरामा गाडीले कुल्चिएर एक जनाको मृत्यु भएको छ ।

प्रहरीले मनहरा पुल नजिक राति करीव १०:३० बजे गाडीले कुल्चिएर अन्दाजी २५ वर्षका एक जनाको मृत्यु भएको जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । गाडीको पांग्राले कुल्चिएका कारण अनुहार क्षतबिक्षत छ । जस कारण मृतकको पहिचान हुन सकेको छैन । साथै ती युवकलाइ कुल्चिने गाडीको समेत पहिचान हुन सकेको छैन । यद्दपि अत्तरीयाबाट धनगढी आउदै गरेको गाडीले ती युवकलाई कुल्चिएको प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारीले मृतकको पहिचानका लागि प्रयास जारी रहेको र गाडीको खोजी तिब्र पारिएको बताए ।

मृतकको साथमा व्याग रहेको र व्यागसंगै रक्सीको बोतल समेत बरामद भएको छ ।