नेकपा माओवादी केन्द्र धनगढीको अध्यक्षमा सुरज खाति विजयी

नेकपा माओवादी केन्द्र धनगढीको अध्यक्षमा सुरज खाति विजयी

धनगढी। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र धनगढी उपमहानगरको अध्यक्षमा सुरज खाति निर्वाचित भएका छन् । माओवादी केन्द्र धनगढी उपमहानगरको खातिको अध्यक्षतामा ७१ सदस्यिय कमिटी निर्वाचित भएको हो।यस अघि मंसिर ११ गते अध्यक्ष, उपाध्यक्ष तथा अन्य सदस्यहरुको नामावलीपनि टुगों लाग्न बाँकी रहेकोले सहमती र निर्वाचन प्रक्रिया मार्फत आज नेकपा माओवादी केन्द्र धनगढी उप महानगर कमिटीले पुर्णता पाएको हो। बिहीबार भएको आन्तरिक चुनावमा खसेको ७३ मध्ये खातिले ३५ मत पाएर विजयी भएका हुन्। अध्यक्ष पदका प्रतिद्वन्द्वी उम्मेदवार मुरारीप्रसाद अधिकारीले २४ र आशिष वमले १२ मत पाए ।

यस्तै, माओवादी केन्द्र धनगढी उपमहानगरको उपाध्यक्षमा क्रमश ललित खत्री,मन्तोरा राना, दिपक रावल चयन भएका छन् । यस्तै सचिवमा रमेश प्रसाद भट्टराई, सह सचिव सुरेश सुनार र कोषाध्यक्षमा सुर्य शर्मा लगायत कमिटी निर्वाचित भएका छन्। यस अघि मंसिर ११ गते माओवादी केन्द्र धनगढी उप महानगरको प्रथम ऐतिहासिक सम्मेलनबाट सचिवमा रमेश प्रसाद भट्टराई चयन भैसकेका थिए।

साथै नेकपा माओवादी केन्द्र धनगढी उप महानगर कमिटि सचिव रमेश भट्टराईले सम्पुर्ण सदस्य कमिटी निर्वाचित भएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन्। साथै नेकपा माओवादी केन्द्र धनगढी उप महानगर कमिटि गठनपछि पद तथा गोपनियताको सपथ समेत गराइएको थियो। कार्यक्रममा माओवादी निकट नेता तथा कार्यकर्ताको उपस्थीती रहेको थियो ।