यु–१९ राष्ट्रिय क्रिकेट : बागमतीले दियो सुदूरपश्चिमलाई सामान्य लक्ष्य

यु–१९ राष्ट्रिय क्रिकेट : बागमतीले दियो सुदूरपश्चिमलाई सामान्य लक्ष्य

वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ९६ रन सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिले व्याटिङ गरेको बागमतीले ३० ओभर १ बलमा अलआउट हुँदै ९५ रन जोड्यो । बागमतीका लागि विवेक मगरले सर्वाधिक ३२ रन बनाए भने क्रिस कार्कीले १७ रन जोडेका थिए ।

सुदुरपश्चिमका लागि हेमन्त धामी १० ओभरमा १९ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए भने शेर मल्लले ४ विकेट हात पारेका थिए । सुदुरपश्चिम आजको खेलमा जित हात पार्दै फाइनल प्रवेशको तयारीमा रहेको छ ।