सेती प्रयोगशालामा शुक्रबार थप ८ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा शुक्रबार थप ८ जनामा कोरोना पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४८ नमुना परिक्षण गर्दा थप ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ३ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । भने २ जना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन् ।

हाल अस्पतालमा ७ जना संक्रमित विरामीको उपचार भइरहेको छ । जसमध्ये आइसियुमा ६ र भेन्टिलेटरमा एक जना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ ।