नेपाली कांग्रेसले १४औँ महाधिवेशनमा कागजी मतदान प्रक्रियाबाट नै जाने भएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो महाधिवेशनमा डिजिटल मतदानको कुरा चले पनि त्यसको सम्भावना टरेको बताएका छन्।
उनका अनुसार कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टी नेतृत्वसँग प्रस्ताव गरेको भए पनि यसबारे कुनै निर्णय भएको छैन।
‘प्रचार विभागले दुई महिनाअघि नै पार्टी नेतृत्वसँग हामीले विद्युतीय मतदानका लागि तयार हुनुपर्छ भनेर प्रस्ताव गरेका हौँ’, तर, समय पनि कम भएकाले डिजिटल भोटिङको सम्भावना नरहेको बताए ।
नेकपा एमालेको दशौँ महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनमार्फत नेतृत्व चयन गरिएको थियो। तर,कांग्रेसमा शीर्ष नेतृत्वले प्रविधिलाई विश्वास गर्न नसक्दा पुरानै मतदान प्रणालीमार्फत नेतृत्व चयन गर्नुपर्ने अवस्था आएको हो ।