कैलालीमा डिएसपी रविन बिष्टको स्वागत, सागर बोहराको विदाइ

डिएसपी बोहरा पुरस्कृत

धनगढी खबर    

कैलालीमा डिएसपी रविन बिष्टको स्वागत, सागर बोहराको विदाइ

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी नायव उपरीक्षक रविन बिष्टलाई स्वागत गरेको छ । भने इलाका प्रहरी कार्यालय सुखडका डिएसपी सागर बोहरालाई विदाई गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै बिष्टको स्वागत र बोहराको विदाई गरिएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट जिल्ला प्रहरी कार्यालय कैलालीमा सरुवा भएका बिष्टलाई कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले स्वागत गरेका हुन् । भने ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक बोहरालाई विदाइ गरेका हुन् । उनको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल सरुवा भएको थियो ।

यस्तै तोकिएको जिम्मेवारी पूर्ण ईमान्दारी, बफादारी एवं कर्तव्य निष्ठताका साथ प्रशंसनिय एवं अनुकरणीय तवरले कार्य सम्पादन गरेको भन्दै कार्यको उचित मुल्याङकन गर्दै कदर स्वरुप डिएसपी बोहरालाई एक हजार पाँच सय नगद पुरस्कार द्वारा अभिलेखमा जनिने गरी जिल्ला प्रहरी कार्यालय कैलालीले पुरस्कृत गरेको छ ।

May be an image of 10 people and people standing



शनिबार १८, मङि्सर २०७८ ०४:१० मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस