पाँच मिनेटको प्रतिबन्धित फिल्म हेर्दा किशोरलाई सुनाइयो १४ वर्ष जेल !

एजेन्सी    

पाँच मिनेटको प्रतिबन्धित फिल्म हेर्दा किशोरलाई सुनाइयो १४ वर्ष जेल !
सांकेतिक तस्विर

उत्तर कोरियाका एक किशोरलाई पाँच मिनेटको प्रतिबन्धित फिल्म हेरेको आरोपमा १४ वर्षको जेल सजाय सुनाइएको छ। डेल्ली एनकेका अनुसार उत्तर कोरियाको याङगाङ प्रान्तका १४ वर्षीय छात्रलाई दक्षिण कोरियाली फिल्म ‘द अंकल’ हेरेको आरोपमा गत नोभेम्बरमा पक्राउ गरिएको थियो। 

स्रोतलाई उद्धृत गरिएको समाचारका अनुसार फिल्म हेर्न थालेको पाँच मिनेटभित्रै उनलाई पक्राउ गरिएको थियो। सजाय सुनाइएसँगै अब उनलाई कडा मेहनतको लागि पठाइएको छ। 

उत्तर कोरियामा यस्तो आरोपमा पक्राउ परेका यी पहिलो व्यक्ति भने होइनन्। यसअघि एक युवालाई पनि उत्तर कोरियाले ‘पोर्न’ हेरेको आरोपमा पक्राउ गरेको थियो र उनका अभिभावकलाई राजनीतिक जेल सजाय सुनाएको थियो। 

उत्तर कोरियामा ‘एसासिएसन प्रणाली’ छ। जसअन्तर्गत कुनै पनि किसिमको सांस्कृतिक अपराध गर्नेलाई कडा सजाय दिइन्छ। पाँचदेखि १५ वर्षसम्मको जेल सजाय सुनाइएका दोषीलाई ‘सुधारात्मक श्रम’को सजाय सुनाउन सकिने व्यवस्था छ। 



आइतबार १९, मङि्सर २०७८ ०१:२० मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस