यु-१९ राष्ट्रिय क्रिकेट : लुम्बिनीले सुदूरपश्चिमलाई दियो २१३ रनको लक्ष्य

यु-१९ राष्ट्रिय क्रिकेट : लुम्बिनीले सुदूरपश्चिमलाई  दियो २१३ रनको लक्ष्य

वाइवाइ पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश समक्ष २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान देव खनाल र विशाल विक्रम केसीले अर्धशतकीय पारी खेले । ९५ बलको सामना गरेका खनालले ५ चौका र ४ छक्काको मद्दतमा ७० रन बनाए ।

५१ रन जोडेका केसीले ६९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । दुर्गेश गुप्ताले ३२ र प्रज्ज्वल थापाले २४ रनको योगदान दिए । सुदूरपश्चिमका लागि आकाश चन्दले ३, हेमन्त धामी र शेर मल्लले २/२ तथा नरेन साउँद र राहुल भण्डारीले १/१ विकेट हात पर्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।