पुसदेखि विद्यार्थीलाई खोप

पुसदेखि विद्यार्थीलाई खोप

स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारको अबको प्राथमिकता विद्यार्थीलाई खोप लगाउने भएको बताउनुभएको छ । ‘पुषदेखि विद्यार्थीलाई विद्यालयमै खोप उपलब्ध गराईने र १२ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी लक्षित गरी खोप उपलब्ध गराउन मन्त्रालयले तयारी गरिसकेको जानकारी दिनुभयो ।

मन्त्री खतिवडाले देशैभरका सबै विद्यार्थीलाई अमेरिकी कम्पनीले निर्माण गरेको मोर्डना खोप ५ चरणमा उपलब्ध गराउने जानकारी दिनुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार करिब ६५ लाख विद्यार्थीलाई खोप लगाउन बाँकी छ । केन्द्रका महानिर्देशक चुडामणि पौडेलले करिब दुई लाख विद्यार्थीले मात्र खोप लगाएको र अझै ६५ लाख विद्यार्थी कोभिड–१९ खोपबाट वञ्चित रहेको जानकारी दिनुभयो ।उहाँका अनुसार सरकारले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई स्वास्थ्य मन्त्रालयले खोपको व्यवस्था गर्ने तयारी गरेको छ ।

मन्त्री खतिवडाले सरकारले कोभिड–१९ विरुद्धको खोप लगाएको तीन महिना नाघेका नागरिकलाई बुस्टर डोज दिने तयारी भइरहेको बताउनुभयो । उहाँले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खोप लगाइसकेका सबैलाई बुस्टर डोज दिने निर्णय गरी सोहीअनुसार प्रकृया अघि बढाइएको जानकारी दिनुभयो ।