दोस्रो टेस्टमा न्युजिल्याण्डमाथि भारतको सहज जित

दोस्रो टेस्टमा न्युजिल्याण्डमाथि भारतको सहज जित

भारत र न्युजिलयाण्डबीचको दास्रो टेस्ट क्रिकेटमा भारतले सहज जित हात पारेका छ। ५४० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डलाई १६७ रनमा अलआउट गर्दै भारतले टेस्ट सिरिजमा १–० को अग्रता लिएको हो।

पहिलो इनिङ्गमा मयांक अग्रवालको १५० रन र अक्षर पटेलको सहयोगमा भारतले ३२५ रन बनाएको थियो। न्युजिल्याण्ड भने केवल ६२ रनमा अलआउट भएको थियो। दोस्रो इनिङ्गमा भारतले सात विकेट बनाउँदै २७६ रन बनाएपछि इनिङ्ग समाप्तिको घोषणा गरेको थियो। 

विशाल लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले १६७ रन मात्र बनायो। न्युजिल्याण्डलाई सस्तोमा समेट्न भारतका रविचन्द्रन आश्विन र जयन्त यादवले समान ४/४ विकेट लिए। पहिलो टेस्ट बराबरीमा सकिएको थियो।