भूपेन्द्र बडुवाल हत्या प्रकरण : १२ जना पक्राउ, ९ जना अझै फरार

भूपेन्द्र बडुवाल हत्या प्रकरण : १२ जना पक्राउ, ९ जना अझै फरार

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाका भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १२ जना आरोपित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै बडुवाल हत्या प्रकरण हालसम्म १२ जना पक्राउ परेको जानकारी दिएको हो । भने अझै हत्यामा संलग्न ९ जना फरार अवस्थामा रहेका छन् ।

उनीहरु २१ जना अभियुक्त विरुद्ध जिल्ला अदालत कैलालीमा मृद्धा दायर गरिएको एसपी विश्व अधिकारीले जानकारी दिए । कात्तिक २३ गते मंगलबार राति भएको बडुवाल हत्या प्रकरणमा संलग्न, योजनाकार र मतियार गरी २१ जना विरुद्ध मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

कैलाली प्रहरीका अनुसार हालम्म पक्राउ पर्नेहरुमा महेश रावल, दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, कपिल श्रेष्ठ, निशान्त मल्ल, विकास खड्का, प्रविन रिमाल, रोहित आले, सोहन शाह, लोकेन्द्र कुँवर र सविनजंग शाही रहेका छन् । यस्तै नविन रावल, चिरन्जीवी शाही, हिमाल शाही, जयेन्द्र शाही, विकास श्रेष्ठ, रोशन शाही, अशोक रावल, लोकजंग शाही र हेमन्त शाही गरी ९ जना हालसम्म फरार छन् ।

उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमखु तथा प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।