यू-१९ महिला फुटबल टोली बंगलादेश जाँदै

यू-१९ महिला फुटबल टोली बंगलादेश जाँदै

साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोली आज मंगलबार बंगलादेश प्रस्थान गर्दैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली टोली अपरान्ह १:४५ बजे ढाका प्रस्थान गर्ने लागेका हुन् ।

च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्सीय टिमको घोषणा गरिसकेका छन् ।च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा आयोजना हुनेछ ।

प्रतियोगितामा पाँच टिमले सहभागिता जनाउनेछन् । आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्नेछ ।